Section 54
लाभांशको कर
(१) बासिन्दा निकायले वितरण गरेको लाभांशमा देहाय बमोजिम हुनेछः-

(क) कुनै कम्पनीको शेयरवाला वा साझेदारी फर्मको साझेदारलाई लाभांश वितरण गरेमा अन्तिम रुपमा कर कट्टीको विधिले कर लाग्नेछ, र

(ख) अन्य निकायहरूले वितरण गरेमा कर लाग्ने छैन ।

(२) कुनै गैरबासिन्दा निकायले कुनै बासिन्दा हिताधिकारीलाई वितरण गरेको लाभांशलाई सो हिताधिकारीको आयको गणना गर्दा समावेश गरी कर लाग्नेछ ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम कर कट्टी भई प्राप्त भएको लाभांश वितरण गरेमा कर लाग्ने छैन ।

(४) ........

(५) कुनै निकायको हिताधिकारीको हित बापत प्राप्त हुने परिच्छेद-८ बमोजिमका आम्दानीहरुमा सो हित बापत कुनै निकायबाट गरिएको पूँजीको फिर्ता रकम समावेश गर्नु पर्नेछ ।

तर निकायले वितरण गरेको लाभांश समावेश गर्नुपर्ने छैन ।